देउवाले कार्यकर्तालाई भने, ‘कांग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगर्नू’

देउवाले कार्यकर्तालाई भने, ‘कांग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगर्नू’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गरेर माग नराख्न कार्यकर्तासँग आग्रह गरेका छन्। पाल ट्रेड युनियन कांग्रेसको आइतबारदेखि काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

एउटा कुरा के बुझ्नुपर्यो भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन, नबुझीकन धेरै दाबी गर्नु भएनु, सम्मेलनमा आफूभन्दा अगाडि बोल्ने मजदुर नेताहरुलाई सम्झाउँदै देउवाले भने, अहिलेको गठबन्धन सरकारको बाध्यतालाई तपाईंहरुले बुझिदिनु पर्यो। उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताए। 

 

Skip This
Skip This
Logo