संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमा बोलाउने निर्णय गरेको छ।
सोमबार बसेको समिति बैठकले अमेरिका भ्रमणको उद्देश्य र एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो । समिति सभापति पवित्रा निरौला खरेलले आगामी असार ५ गतेको बैठकमा अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई बोलाइएको बताइन् ।
प्रतिक्रिया