प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितविपरीतका कुनै पनि विषयमा सम्झौता नगर्ने बताएका छन्। बुधबार बिहान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आश्वासन दिँदै देउवाले त्यस्तो बताएका हुन्।
अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनर प्रोग्राम एसपीपी प्रस्तावमा हस्ताक्षर गर्नेगरी प्रधानमन्त्री देउवा सकारात्मक रहेको समाचार सार्वजनिक भएपछि गठबन्धनका शीर्ष नेताहरुले बालुवाटार पुगेर यसबारे धारणा मागेका थिए।
छलफलमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
‘एसपीपीका विषयमा बिहान प्रधानमन्त्रीलाई गठबन्धनका चार नेताले भेटेका थियौं,ु एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा भने,‘त्यस्तो राष्ट्रिय हितविपरीतको कुनै सम्झौतामा हस्ताक्षर गरिदैँन भन्नुभयो।’
पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले सम्झौता गर्दिनँ भने पनि त्यसैमा ढुक्क नहुने बताएका छन्।
प्रधानमन्त्री छिट्टै अमेरिका भ्रमणमा जाँदैछन्, अमेरिकी सेनाले एसपीपी मस्यौदामा हस्ताक्षर गर्न ताकेता गरिरहेको छ। ‘हामी चनाखो भएर वाच गर्नुपर्छ,’ नेपालले बैठकमा राखेको धारणा उधृत गरे ।





























प्रतिक्रिया