स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने बजेटको व्यवस्था लागू गर्दिन : स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने बजेटको व्यवस्था लागू गर्दिन : स्वास्थ्यमन्त्री

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन् । मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि बढ्ने बताए । 
अर्थमन्त्री स्वयंमले कुनै कम्पनीलाई नदिने भनिसकेको भन्दै उनले भने, ‘म लागू गर्दिन, स्वास्थ्य ऐनले जे भनेको छ, त्यही अनुसार जान्छु ।’
यसअघि जेठ १५ गते प्रतिनिधिसभामा बजेट वक्तव्य प्रस्तुत गर्दा अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमालाई कम्पनीमार्फत अघि बढाउने घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo