आर्थिक विधेयकमा ६ असारदेखि दफावार छलफल हुने

आर्थिक विधेयकमा ६ असारदेखि दफावार छलफल हुने

केन्द्रबिन्दु
0
Shares

संसदमा आर्थिक विधेयक २०७९ माथि ६ असारदेखि दफावार छलफल हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गरेका थिए ।

सो प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोकेका हुन् । 

बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत पच्चीसौं संशोधन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई  बहुतमले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक ३ असार शुक्रबार दिउँसो १ बजे बस्नेछ । 
 

Skip This
Skip This
Logo