एसपीपीको विषय झिकेर गठबन्धन फुटाउन षड्यन्त्र भयो : प्रकाशमान सिंह

एसपीपीको विषय झिकेर गठबन्धन फुटाउन षड्यन्त्र भयो : प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणाम पछि झस्किएर गठबन्धन फुटाउने  प्रयास सुरु भएको  बताएका छन् । आज काभ्रेको बनेपामा काँग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।
अहिले  एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भैरहेको समेत उनको भनाई थियो ।  विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेको आरोप लगाउँदै उनले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर  प्रयास भएको बताए । काँग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने समेत सिंहले बताए ।  
प्रधानमन्त्रीले  पटक पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिन भनिरहँदा समेत नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गरेर एमाले आफैं फसेको नेता सिंहको भनाई थियो । काँग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने सिंहले बताए । निर्वाचित जन प्रतिनिधिलाई उनले पार्टीका कमिटीसितको छलफल र सुझाव लिएर मात्र काम गर्न आग्रह गर्दै पार्टी कमिटीले पनि निर्वाचित जनप्रतिनिधिलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

Logo