अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी बोलाइयो

अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी बोलाइयो

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा हात हालाहाल भएपछि प्रहरी बोलाइएको छ ।

केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो–हल्ला गरिएपछि बैठकस्थलमा हात हालाहाल भएको हो । 
सो घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छिन । आफू निकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजी गर्दै फ्रयाक्सन इन्चार्ज हितमान शाक्यको राजीनामा समेत माग गरेका थिए ।

Logo