अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग दाहालले भने- ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग दाहालले भने- ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’

केन्द्रबिन्दु
0
Shares

अनेरास्वियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संगठनमा देखिएको विवादबारे छलफल गरेको छ । 

सोमबार असन्तुष्ट पक्ष र दाहालसंग भेटवार्ताका लागि उनको निवास पुगेको थियो । भेटमा दाहालले विवाद नगरि अघि बढ्न आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा आइतबार कुटाकुट भएको थियो । आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो ।

बैठकमा हो हल्ला र लफडा भएपछि कार्की लगायतलाई प्रहरीले बैठकबाट निकालेको थियो । उक्त समूह निस्किएपछि क्रान्तिकारीको बैठक सुचारु भएको थियो । तर समस्याकाबीच बैठक बसेको भन्दै कार्की समूह प्रचण्ड निवास पुगेको हो । विधानमा १९९ सदस्यीय कमिटीको व्यवस्था भए पनि अध्यक्ष पञ्चा सिंह पक्षले २९९ सदस्यीय र २५ जना पदाधिकारी हुनु पर्नेमा ४१ जनाको नाम पेस गरेका कारण समस्या भएको कार्की समूहले अध्यक्ष दाहालसँग भनेको थियो ।

विधान अनुसार अघि बढौं भन्दा आफूहरुलाई रोक्न खोजिएको भन्दै उनीहरुले दाहालसँग असन्तुष्टि पोखेका थिए । थप गर्नु पर्ने भए विधान परिषद् बोलाउनु पर्छ त्यसबाट अनुमोनद नगरी थप गरिए अवैध हुने उनीहरुको भनाइ थियो । जवाफमा दाहालले विवाद समाधन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

आफूले विवादको खबर पाएपछि रोक्नू भनेर निर्देशन दिएको भन्दै दाहालले प्रश्न गरे,' बैठक रोकिएन ?' दाहालको भेटबारे जानकारी दिँदै कार्कीले अध्यक्षको निर्देशन विपरित बैठक भएको बताए । बैठक स्थलमा भएको झडपबारे पनि दाहालले प्रश्न गरेका थिए । उनले आक्रमणमा उत्रिएको भन्दै असन्तुष्ट पक्षसँग भने, 'तपाईंहरुले त ठोकिदिनु भएछ नि !'

Logo