घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने : अनुचित काम गरेको छैन

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने : अनुचित काम गरेको छैन

केन्द्रबिन्दु
0
Shares

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनूचित काम नगरेको दाबी गरेका छन् ।
मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’
उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् । ‘ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।
ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको कुराकानी बाहिरिएको थियो । जसमा उनीहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।
तामाङको पक्षमा वकालत गरेका पोखरेलले तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई सहमत गराउन खोजेको बुझ्न सकिन्छ ।

 

Logo