सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले जनताको ढाड सेक्यो : झलनाथ खनाल

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले जनताको ढाड सेक्यो : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले रुस युक्रेन युद्धको कारण देखाउँदै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि गलत भएको बताएका छन्। 

समाजवादी पत्रकार संगठनको कार्यक्रममा बुधबार बोल्दै उनले आफ्नो पार्टी उक्त मूल्यवृद्धिको विरोधमा रहेको पनि बताए। सरकारले अविलम्ब मूल्यवृद्धि हेरफेर गर्नुपर्ने उनले बताए। सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताए।

‘मूल्यवृद्धिले जनताको ढाड सेक्छ, हामीले यसको विरुद्धमा आवाज उठाउनु पर्छ। नेकपा एकीकृत समाजवादी यो मूल्यवृद्धिका पक्षमा छैन उनले भने,अविलम्ब सरकारले यो मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्छ । जनतालाई सहुलियत दिनुपर्छ।’

 

Logo