काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्म पारित भएको छ। बुधबार बसेको ११ औँ नगरसभाको दोस्रो बैठकबाट नीति तथा कार्यक्रम सर्वसम्मत १०० प्रतिशत भोटसहित पारित भएको हो।

नगरसभाको बैठक दिउँसो ३ बजेदेखि बसेको हो। यो बैठकमा यसअघि काठमाडौं महानगरका प्रमुख बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्नेबारे छलफल भएको थियो।मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि वडाअध्यसहितसँग थप सुझाव मागिएको थियो। 

वडाअध्यक्षहरुले नीति तथा कार्यक्रम अध्ययन गरेर सुझाव महानगरपालिकामा दिएका थिए। तिनै सुझावअनुसार थप संशोधनसहित महानगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेको हो। 

Logo