के-के हुन् सरकारबाट हट्न नेकपा एसका मन्त्रीले राखेको पाँच सर्त ?

के-के हुन् सरकारबाट हट्न नेकपा एसका मन्त्रीले राखेको पाँच सर्त ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट बाहिरिन ५ बुँदे सर्त राखेका छन् । अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बुधबार साँझ भएको छलफलमा मन्त्रीहरूले पार्टीको निर्णय कार्यान्वनयन गर्न तयार भएपनि नयाँ मन्त्री चयनलगायतका विषयमा असहमति जनाएका हुन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले अध्यक्ष नेपाललाई भेटी ५ बुँदे सर्त राखेका हुन् । उनीहरूले संसदमा बजेट विचाराधीन हुँदा नै मन्त्री फेर्ने हल्ला गराएर पार्टीले अपरिपक्व निर्णय लिएको आरोपसमेत लगाएका छन् । 

आजको छलफलका क्रममा अध्यक्ष नेपाल र मन्त्रीहरूबीच चर्काचर्कीसमेत परेको थियो । मन्त्रीहरूले अध्यक्ष नेपाल र नेता झलनाथ खनालको भूमिकाको आलोचना गरेका थिए ।छलफलमा अध्यक्ष नेपालले पार्टीले मन्त्री हेरफेरको निर्णय गरिसकेकोले निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए । 

बैठकमा चारमन्त्रीले अध्यक्ष नेपालसँग राखेका सर्त के-के ?

१ राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने
२ गैरसांसदलाई मन्त्री बनाउन नहुने
३ राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने
४ नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने
५ एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने

Logo