नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ २२ गतेको निर्णय कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्। आइतवार पार्टीनिकट अनेमसंघको भेलालाई काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
मन्त्रीहरुमा महिला खोइ भन्ने भएको छ। महिला पठाउँदैमा सबैथोक हुने होइन। तर, हामीकहाँ सक्षम महिला पनि छन्ु, उनले भने, यो पटक बाध्यताका कारण महिला मन्त्री सिफारिस गर्न सकिएन। अर्को पटक यसलाई सच्याएर जाऊँला। उनले जेठ २२ मा चार मन्त्री फेर्ने निर्णयलाई शनिबारको केन्द्रीय कमिटी बैठकले पनि तलमाथि नगर्न भनेको बताए।
महिलाको पक्ष होस् या एउटा जिल्लाबाट दुईजना होस् अहिलेको निर्णय फेरिँदैनु, उनले भने, मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुनेछ, छिटोभन्दा छिटो हुनेछ। आशा गरौँ आजै हुनेछ। पार्टीको निर्णय लागु हुनेछ। उनले आफ्ना मन्त्रीतिर लक्षित गर्दै आफूले पद पाएपछि नछाड्ने रोग देखिएको बताए। नेपालले केही मन्त्रीहरुबाट आएको राजीनामा आफ्नो गोजीमा रहेको पनि बताएका छन्।
‘केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनु भएको छ। पार्टीलाई जुन बेला मन लाग्छ म बाहिर प्रेसमा पठाएर सार्वजनिक गर्नेछुु, उनले भने, राजीनामा पत्र नै चाहिँदैन। पुनर्गठनका लागि हाम्रो निर्णय नै पर्याप्त छ।





























प्रतिक्रिया