पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिए

पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिए

केन्द्रबिन्दु
0
Shares

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

 आलेले शुक्रबार एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बैठकमा मन्त्री फेर्न पार्टीको  निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको भन्दै ४८ घण्टाभित्रमा राजीनामा दिने घोषणा बैठकमा गरेका थिए । ‘म पनि पार्टीको इमान्दार सिपाही हो,’ आलेको भनाइ थियो, ‘म पार्टी निर्णय कार्यान्वयन गर्ने पक्षमै छु । अबको ४८ घण्टाभित्र राजीनामा दिन्छु ।’ उनले भनेका थिए ।  त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । स्रोतका अनुसार  एकीकृत समाजवादी मन्त्री हेरफेरको निर्णय आज बेलुका सम्ममा कार्यनयन हुने बताइएको छ । 

हाल समाजवादीबाट मन्त्री भएकाहरुमा प्रेम आले पर्यटनमन्त्री,किसान श्रेष्ठश्रममन्त्री,विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाँक्री शहरी विकासमन्त्री र भवानी खापुङस्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए । अब पार्टीको निर्णय अनुसार  जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रम तथा रोजगार, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्यर हिरा केसीस्वास्थ्य राज्यमन्त्रीमा सिफारिसभएका छन् ।

 

Logo