नेपाल शक्तिराष्ट्रको क्रीडास्थल बन्न थाल्यो : कमल थापा

नेपाल शक्तिराष्ट्रको क्रीडास्थल बन्न थाल्यो : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रीडास्थल बन्न थालेको बताएका छन् । काठमाण्डौमा आज सोमवार राप्रपा नेपालका युवाहरूलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताए । उनले  पछिल्लो समय देशको राजनीति केही राजनीतिक दलका नेताहरूको कब्जामा रहेको बताए ।  

अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरूले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए । दलका नेताहरूका कारण राष्ट्रियतासमेत खतरामा परेको उनको भनाई छ ।  कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव बढिरहेको उनले बताए । नेपाल विदेशी शक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बनेको उनको नाइ छ । 

अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको पनि बताउनुभयो । यसले नेपालीको एकताको आधार भत्काउन थालेको उनले बताए ।  

यस्तै अध्यक्ष थापाले आउँदो सङ्घीय चुनावमा राप्रपा नेपाललाई जसरी पनि राष्ट्रिय पार्टी बनाउने गरेर काम गर्नुपर्ने बताउनुभयो । राप्रपा नेपालका कार्यकर्ताले मेहनत गरेर तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरी अभियान थाल्नुपर्ने उनको भनाइ छ । 

राप्रपा नेपालले प्रदेशस्तरीय स्वयंसेवकमार्फत पार्टीका एजेन्डाहरूलाई जनतामाझ लैजान एक दिने प्रशिक्षण दिएको छ । यसरी खटिने स्वयंसेवकले वडास्तरमा समेत कमिटी गठन गर्ने, भेला गर्ने, प्रचारप्रसार गर्ने र सङ्गठन निर्माण गर्ने केन्द्रीय प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले जानकारी दिए । 

Logo