जग्गासम्बन्धी विवादमा उच्च अदालत पाटनद्वारा नेपाल स्काउटको पक्षमा फैसला

जग्गासम्बन्धी विवादमा उच्च अदालत पाटनद्वारा नेपाल स्काउटको पक्षमा फैसला

केन्द्रबिन्दु
0
Shares

जग्गासम्बन्धी विवादमा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला गरेको छ ।

स्काउटले खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रालि विरुद्ध दिएको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले स्काउटको पक्षमा फैसला गरेको हो ।

नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिले १० वर्षका लागि भाडामा लिएको थियो । तर उक्त कम्पनीले १५ वर्षका लागि भाडामा लिएको भन्दै १० वर्षमा जग्गा खाली नगरी जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

२०७६ असार १८ गते जिल्ला अदालतले खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिको पक्षमा फैसला गरेको थियो । त्यसपछि नेपाल स्काउटले उच्च अदालतमा पुनरावेदन दिएको हो ।
 

Logo