वामदेवको पार्टीमा केन्द्रीय कमिटी ७४ सदस्यीय

वामदेवको पार्टीमा केन्द्रीय कमिटी ७४ सदस्यीय

केन्द्रबिन्दु
0
Shares

वामदेव गौतमले मंगलबार पार्टी घोषणा गर्दैछन्। तत्कालीन नेकपा विभाजित भएदेखि एमाले र माओवादी दुवैतिर नलागी निष्क्रिय रहेका उनले पार्टी खोल्न लागेका हुन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर झुकाव राख्दै आए पनि उनले आफ्नै नेतृत्वमा पार्टी खोल्ने पक्का भएको हो। 

यसअघि चलाउँदै आएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानलाई नै उनले पार्टीको स्वरुप दिन लागेका हुन्। वामदेव नेतृत्वको अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेका अनुसार पार्टीमा हाल ७४ जना केन्द्रीय सदस्यमा रहनेछन्। 

त्यसैगरी पार्टीको कमाण्ड अघि बढाउन ९ सदस्यीय सचिवालय बनाइँदैछ। पहिले ७० सदस्यीय केन्द्रीय कमिटी भन्ने थियो। तर अहिले त्यो संख्या बढेर ७४ भएको छ, ‘पार्टी हाई कमाण्ड ९ सदस्यीय हुनेछ। अहिलेसम्म ८ जनाको नाम तय भएको छ। एक जनाबारे टुंगो हुन बाँकी छ। एमाले छाडेपछि माओवादी र समाजवादीतिर पनि नगइ बसेका उनले तीन दिनअघि ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेका थिए। उक्त भेलाले पार्टी खोल्ने निर्णय लिएको थियो।’  
 

Skip This
Skip This
Logo