नागरिकता विधेयक अघि बढाउँन उच्च तहमा छलफल भइरहेको छ : बालकृष्ण खाण

नागरिकता विधेयक अघि बढाउँन उच्च तहमा छलफल भइरहेको छ : बालकृष्ण खाण

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको बताएका छन् । आज बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृह मन्त्री खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरूको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताए । उनले  यो विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताए । 

उनले भने , ‘नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिले प्रतिनिधि सभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ । गृह मन्त्री खाणले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि छिट्टै पारित गर्नुपर्ने बताए ।  संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको बताए । संसदीय समितिहरूमा रिक्त रहेको सभापति चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरूलाई अवगत गराउने उनको भनाइ छ । 

Logo