एसपीपीमा संसदीय समितिले दिएको निर्देशन रक्षा मन्त्रालयले अवज्ञा गरेको भीम रावलको आरोप

एसपीपीमा संसदीय समितिले दिएको निर्देशन रक्षा मन्त्रालयले अवज्ञा गरेको भीम रावलको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद डा.भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरित् रक्षा मन्त्रालयले समितिलाई जानकारी नदिइ एसपीपी अगाडी बढाएको आरोप लगाएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाए । 

उनले समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरेपनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रीपरिषदको निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको बताए । 

संविधानले अख्तियार प्रदान गरेको समितिलाई कुनै एउटा मन्त्रालयले यस किसिमको पत्र लेख्न नसक्ने जिकिर गरे । सांसद रावलले समितिको बारेमा नेपाल सरकार र सम्बन्धित निकायलाई राम्रोसँग जानकारी नरहेको भन्दै मन्त्रालयले  समितिलाई पठाएको पत्र आपत्तिजनक रहेको बताए ।  

Logo