बालकोट पुगेरै गौतमले भेटे ओलीलाई

बालकोट पुगेरै गौतमले भेटे ओलीलाई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभिया) का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । 

ओलीलाई भेट्न गौतम बिहीबार उनकै निवास बालकोटमा पुगेका गौतमले आफ्नो अभियानबारे जानकारी दिँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने बताएका थिए । कम्युनिष्ट पार्टीबीचको एकताका विषयमा पनि कुरा भएको ओलीको सचिवालयले जनाएको छ ।  

गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका कम्युनिष्ट नेतासँग पनि वाम एकताका विषयमा छलफल गर्ने अभियानका केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए ।

Logo