कुमारी आमाहरूलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्छ : गृहमन्त्री खाण

कुमारी आमाहरूलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्छ : गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

 गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् ।  

आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत सरकारले नभइ व्यक्तिले जस लिने गरी दुरुपयोग हुने बताए । 

मन्त्री खाणले सात सय ५३ वटा पालिकामध्ये सात सय ५२ वटा पालिकामा बैंक पुगेको र बाँकी एउटा पालिकामा पनि यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए । 

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विमला विकले कुमारी आमाहरूलाई पनि एकल महिलाको रूपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताए । उनले  कुमारी आमाहरू सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने जोड दिए ।  

Logo