कांग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भयो : पुष्पकमल दाहाल

कांग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भयो : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेषगरी कांग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको बताए ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए । 

पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात  र गठबन्धनका कारण सफल हुन नसकिएको बताए । तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको प्रचण्डको भनाई थियो ।
 

Logo