विष्णु पौडेलको संयोजकत्वमा एमालेले बनायो अन्तर्घात छानबिन समिति

विष्णु पौडेलको संयोजकत्वमा एमालेले बनायो अन्तर्घात छानबिन समिति

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिनका लागि एक समिति बनाएको छ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अन्तर्घात छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेल संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको हो। 

बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले निर्वाचनका क्रममा देखिएको अनुशासनहीन अवस्थाको छानबिनका लागि समिति बनाइएको जानकारी दिए। उनले निर्वाचनका क्रममा भएका अन्तर्घात र अनुशासनहीनताको छानबिनका लागि पौडेल नेतृत्वमा समिति बनेको बताए। 

Logo