डिलाशैनी गाउँपालिकाले हटायो ६० कर्मचारी

डिलाशैनी गाउँपालिकाले हटायो ६० कर्मचारी

केन्द्रबिन्दु
0
Shares

बैतडीको डिलाशैनी गाउँपालिकाले आवश्यकता बाहेकका करार कर्मचारीलाई हटाउने भएको छ । आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए ।

१७ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भट्टले बताए । हटाउने प्रक्रियामा रहेका करारका कर्मचारीलाई साउन १ गतेबाट तलवभत्ता नदिने उनले बताए 
हटाइएका कर्मचारीमा ३० पुस २०७८ को कार्यपालिका बैठकको निर्णयको आधारमा १ चैतमा नियुक्ति दिएको पाइएको डिलाशैनी–७ का वडाध्यक्ष प्रकाशमणि भट्टले बताए । 
अघिल्लो सरकारले आवश्यकता नभएको ठाउँमा करारमा कर्मचारी भर्ना गरेकाले हटाउन बाध्य भएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए । 

Logo