श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गछौं : श्रममन्त्री कुँवर

श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गछौं : श्रममन्त्री कुँवर

केन्द्रबिन्दु
0
Shares

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदानको उचित मुल्यांकन हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयमा आइतबार भएको सामाजिक सरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा  विभागको ब्रिफिङ कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देश तथा विदेशमा रहेका सबै श्रमिकको उचित कदर हुनेगरी काम गर्ने प्रतिबद्धता गरेका हुन् । 

उनले श्रमिकको हक हित संरक्षणका लागि ट्रेड यूनियन र राजनितिक दलका भातृ संगठनले विरोध भन्दा पनि अनुशासित तरिकाले लाग्नु पर्ने बताए । उनले भने, म पनि श्रमिकको न्यायको पक्षमा काम गर्ने छु । त्यसैले बन्द, हड्ताल, ताला बन्दी भन्दा पनि शान्तिपूर्ण तरिकाले श्रमिकलाई न्यायको अनुभुति हुने काम गरौं । 

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सले देशको रोयल्टी बढाउने काम गरेकाले उनीहरुको उचित मुल्यांकन हुनेपर्ने बताएका छन् । श्रमिकलाई काम गर्ने वातावरण सहज बनाउनका लागि कानुनमा भएका केही झन्झटीला प्रावधानलाई संसोधन गर्न पनि सहयोग गर्ने उनले बताए । त्यस्तै उनले खाडी मुलुकमा मात्रै नभएर भारतमा रहेका श्रमिकका समस्यालाई पनि ध्यानमा राखेर काम गर्न सन्बन्धित विभागलाई आग्रह गरेका छन् । 

कार्यक्रममा सामाजिक सरक्षा कोषले अहिलेसम्म गरेका काम र भएका उपलब्धीका साथै आगामि दिनमा गर्न सकिने कामको बारेमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालिले जानकारी गराएका थिए । त्यस्तै  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको बारेमा विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी गराएका थिए । श्रममन्त्री कुँवर मन्त्री नियुक्त भएपछि मन्त्रालय अन्तरगतका विभिन्न विभागहरुको ब्रिफिङ लिइरहेका छन् ।

Logo