चुनावमा एमालेसँग गठबन्धन गरेर जान समाजवादी तयार छ : झलनाथ खनाल

चुनावमा एमालेसँग गठबन्धन गरेर जान समाजवादी तयार छ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी संघ र प्रदेशको चुनावमा एमालेसँग गठबन्धन गरेर जान समाजवादी तयार रहेको बताएका छन् ।

एकीकृत समाजवादीको ६ घण्टा लामो सचिवालय बैठकपछि कुरा गर्दै उनले त्यसका लागि एमाले तयार हुनुपर्ने बताए । खनालले तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना भने खारेज गरे ।

खनालले भने, ‘हामी एमालेसँग आगामी चुनावमा गठबन्धन गरेर जान तयार छौँ । त्यसका लागि उहाँहरू तयार हुनुपर्यो । एमाले पनि वामपन्थी समूह हो । हामी पनि वामपन्थी समूह नै हो । गठबन्धन बनाएर जाँदा कुनै समस्या नै हुँदैन ।’उनले तोड्ने र फोड्ने कुरालाई एमाले र नेकपा एस दुवैलाई नोक्सान भएको बताए ।

Logo