इन्स्पेक्टरको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्छ : गंगा चौधरी

इन्स्पेक्टरको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्छ : गंगा चौधरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताएकी छन्।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै चौधरीले यस्तो बताएकी हुन् । उनले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिनु पर्ने माग गरेकी हुन् ।उनले अहिलेसम्म प्रदेशलाई सिपाहीलाई समेत सरुवा गर्ने अधिकार नरहेको भन्दै यो कुरा संघीय संरचनाको विरुद्धमा भएको बताइन्।

उनले १० वर्षे जनयुद्धताका विभिन्न त्रास देखाएर जागिर छोड्न बाध्य बनाएकलाई उमेर हद ननाघिसकेका व्यक्ति हेरेर प्रदेश प्रहरी र केन्द्रिय प्रहरीमा भर्ती गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘१० वर्षे जनयुद्धताका विभिन्न डरमा राखेर जागिर छोड्न बाध्य बनाएकाहरुलाई उमेर हद ननाघिसकेका व्यक्तिलाई प्रदेश प्रहरी र केन्द्रिय प्रहरीको कुरा आइरहेको छ।

यसमा समेटेर जानसक्दा उचित हुन्छ । यो जनगुनासो धेरै पीडितहरुले हामीसँग गर्नुभएको छ । कतिपय त्यो बेलाका जागिरेहरु डर र त्रासका कारण जागिर छोड्न बाध्य बनाएर विदेश पलायन हुनुभएको छ । उहाँहरुलाई पनि समेटेर जाँदा राम्रो हुन्छ ।’

Logo