अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति बनाउन दलहरु बिच सहमति जुटेको हो । 

बुधबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको र एमालेले समितिमा को–को पठाउनेबारे छलफल भइरहेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

सो समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति भएको बताइएको छ । 

दलहरुले समिति सदस्य तोकेपछि सभामुखले सभामा प्रस्तुत गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी एमालेले गत असार १४ गते बेलुकाको अर्थमन्त्रालयको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आइरहेको छ ।

Logo