सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्छ : जयन्तीदेवी राई

सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्छ : जयन्तीदेवी राई

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने  बताएकी छन् । 

बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँचपासमा लापरबाही हुने गरेका कारण सवारी साधनको दुर्घटना बढेको बताइन् । उनले  आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको र बिग्रिएका सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको बताइन् । 

जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले यसमा कडाइ गर्नुपर्ने बताइन् । त्यस्तै सार्वजनिक सवारी साधनहरुले यात्रुलाई खुजुरा पैसा नभएको भनि मनलाग्दी भाडा असुल्ने गरेकाले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो । 

दैनिक उपभोग्य वस्तुमा समेत अत्याधिक मूल्यवृद्धि भइरहेकाले सरकारले पसलहरुमा समेत अनुगमन गर्नुपर्ने उनको माग थियो । 
 

Skip This
Skip This
Logo