मेयरलाई किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्दै हर्क साम्पाङ

मेयरलाई किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्दै हर्क साम्पाङ

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन् ।  

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेचेर सडकको खाल्डाखुल्डी टाल्न रोलर किन्न लागेको बताएका हुन् ।  आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले फेसबुकमा लेखेका छन् । 
स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन् । उनी आफ्नै मोटरसाइकल चढिरहेका छन् ।

Skip This
Skip This
Logo