चन्द समूहका नेता भुजेल र पौडेल रिहाः रिहाइ लगत्तै फरार

चन्द समूहका नेता भुजेल र पौडेल रिहाः रिहाइ लगत्तै फरार

केन्द्रबिन्दु
0
Shares

सप्तरी।

नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आइतबार सप्तरीबाट रिहा भए लगत्तै साँझ फरार भएका छन् ।

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आइतबार अपराह्न ५ बजे रिहा गर्ने आदेश गरे बमोजिम उनीहरुलाई साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै भदौ ४ गते मुद्दा चलाएको थियो । जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरे लगत्तै उनीहरु पक्राउ थिए । सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

Logo