मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्नु गलत : ज्ञानेन्द्रबहादुर कार्की, सञ्चारमन्त्री

मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्नु गलत : ज्ञानेन्द्रबहादुर कार्की, सञ्चारमन्त्री

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाईमा कुनै सत्यता नरहेको बताएका छन ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गईरहेको छ भनेर भ्रममा पार्ने कोशिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि बताए ।  मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावी समेत गरे ।
 मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक अगाडी बढाईरहेको पनि बताए ।

Logo