जनता समाजवादी पार्टी, नेपालमा विवाद बढिरहँदा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको पक्षले केन्द्रीय समितिको विस्तारित बैठक डाकेको छ। अर्का अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढिरहँदा भट्टराई पक्षले काठमाडौंमा असार २८ र २९ गते उक्त बैठक डाकेको हो।
उता उपेन्द्र यादवले पनि पर्साको वीरगञ्जमा असार २९ र ३० गते जसपा केन्द्रीय समितिको बैठक डाकेका छन्। डा. भट्टराईले डाकेको बैठकमा छलफल हुने विभिन्न एजेण्डा तय गरी सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जनाएका छन्।
बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अबस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका जसपा नेता विश्वदीप पाण्डेले बताएका छन्। बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि तय पेस गर्ने बताइएको छ।





























प्रतिक्रिया