बेपत्ता पारिएका व्यक्तिहरुको अनुसन्धान तिब्रगतिमा भैरहेको छ : सुवेदी, आयोग अध्यक्ष

बेपत्ता पारिएका व्यक्तिहरुको अनुसन्धान तिब्रगतिमा भैरहेको छ : सुवेदी, आयोग अध्यक्ष

केन्द्रबिन्दु
0
Shares

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले बेपत्ता पारिएका व्यक्तिको अनुसन्धान तिब्र गतिमा भैरहेको बताएका छन ।

आईतवार काठमाडौंमा भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष सुवेदीले सरकारले बेपत्ता भएका व्यक्तिको सत्यतथ्य पत्ता लगाएर हराएको हो भन्ने कुराको निर्णय गर्नुपर्ने र सत्य नबुझि गैर जिम्मेवार बन्न छुट नभएको बताए ।

उनले ऐनमा पीडक भन्ने भाषा राख्नेबित्तिकै आतंकित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै पीडितलाई राज्यको संविधानले भने बमोजिमका हक, अधिकार दिनमा कन्जुस्यांई गर्न नहुने बताए ।

अध्यक्ष सुवेदीले अहिले आयोगमा ३ हजार २८९ वटा बेपत्ताका उजुरी रहेको र जसमध्ये ८८७ वटा फस्र्यौट गरिसकेको बताए ।
उनले बाँकी २ हजार ४९८ वटा उजुरीका सम्बन्धमा ४ जना आयुक्तलाई ७ वटै प्रदेशमा विभाजन गरी छानबिन भइरहेको स्पष्ट पारे ।

अध्यक्ष सुवेदीले २ हजार ४९८ बेपत्ता पारिएका परिवारमध्ये अहिलेसम्म १ हजार ३२१ परिवारका ३ हजार ९९३ जनालाई परिचयपत्र दिइसकेको बताए ।
 

Logo