प्रधानमन्त्रीसँग लिउले भने : नेपाली भूमिमा चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको छ

प्रधानमन्त्रीसँग लिउले भने : नेपाली भूमिमा चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको छ

केन्द्रबिन्दु
0
Shares

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् । उनले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट गरेका िथए ।  

भेटमा उनले ‘नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नपाओस्,’ भन्ने कुरा राखेकाे उनलाई उदृत गर्दै परराष्ट्र सल्लाहकार रहेका दिनेस भट्टराईले भने । भट्टराईका अनुसार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउव र परराष्ट्र मन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि चीन विरोध गतिविधि हुन दिन्नौं’ भन्दै लिउलाई आश्वस्त पारेका थिए ।

प्रधानमन्त्री देउवाले लिउलाई आफूले नै नेपालमा रहेको दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराएका थिए ।  

Logo