माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ : घनश्याम भुषाल

माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ : घनश्याम भुषाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुदेँ सहमति लत्याएर ठुलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नु पर्ने बताएका छन् ।

‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भए उल्लेख गर्दै भुषालले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको भनार्य छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवत: आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुषालले भनेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी बिभाजन गर्ने बिरोध गर्ने तर आफुले २० प्रतिशतमा पार्टी बिभाजन गर्ने घटनाले उनको दोहोरो चरित्र देखिएको  भुषालको थप टिप्पणी छ । ‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुषालले भनेका छन, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

Skip This
Skip This
Logo