कांग्रेस केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण प्रश्ताव

कांग्रेस केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण प्रश्ताव

केन्द्रबिन्दु
0
Shares

कांग्रेस केन्द्रीय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रश्ताव गरिएको छ ।  

सोमवार शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रश्ताव पेश भएको हो । बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माणको प्रश्ताव पेस भएको नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । त्यसैगरी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा पनि छलफल हुने उनले बताए । 

प्रवक्ता महतले सोमवारको बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचार प्रसार समितिले गरेको कामको प्रतिवेदन पेस भएको जानकारी दिए । केन्द्रीय समिति बैठकमा सदस्यहरुले धारणा राख्ने र निचोडमा पुगिने उनले जानकारी दिए । कांग्रेस केन्द्रीय समितिको बैठक अझै केही दिनसम्म चल्नेछ ।  

Logo