कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

केन्द्रबिन्दु
0
Shares

सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक  आजपनि बस्ने भएको छ । 
हिजोदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ।

भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने लगायतका विविध एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

हिजोको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेस भएको थियो।

यसैगरी, गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचारप्रसार समितिले गरेको कामको प्रतिवेदन पनि पेस भएको थियो।

स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो।

महतका अनुसार केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्नेछ।

Logo