पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

पुष्पा भुसाल उपसभामुखमा निर्वाचित


 प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट  गठबन्धनकी पुष्पा भुसाल  उपसभामुख निर्वाचित भएकी छन् । उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराई प्रतिस्पर्धीमा थिए । 

विजेता भुसालले पाँच दलीय गठबन्धन दल र लोकतान्त्रिक समाजवादीको समेत १ सय ४८ मत पाइन्। प्रतिनिधिसभामा २७१ सांसद छन्। यस्तोमा भुसाललाई विजयी हुन १३६ मत आवश्यक थियो। संसदमा २४२ जना उपस्थित भएका थिए। 

भुसालको विपक्षमा मत खसाल्नेको संख्या ९३ थियो। एकजना सांसदले मत दिन्न भनेका थिए। उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मत दिए। 

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको थियो। उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले हिजो उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधि सभामा अहिले २ सय ७१  सांसद रहेका छन्। उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको सङ्ख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पथ्यो । 

सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेका छन्। सत्ता गठबन्धनसँग बहुमत मत रहेकाले कांग्रेसकी भुसाल निर्वाचित हुने निश्चित थियो । हाल एमालेसँग ९८ जना सांसद रहेका छन्।

Logo