गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्छु : पुष्पा भुसाल

गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्छु : पुष्पा भुसाल

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो दायित्व थपिएको बताएकी छन् । संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताइन् । उनले उक्त पदमा आफु निर्वाचित भएपछि दायित्व बढेको समेत प्रतिक्रिया दिइन् ।

‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु । समन्वयकारी भूमिका निर्वाह गर्छु ।’

Logo