७ देशका राजदूतले लिए सपथ

७ देशका राजदूतले लिए सपथ

केन्द्रबिन्दु
0
Shares

विभिन्न सात देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त सात जना नेपाली राजदूतहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा आज शुक्रवार आज आयोजित एक समारोहबीच शपथ लिएका हुन् । 

शपथ लिने राजदूतहरूमा तीर्थराज वाग्ले बहराइन, डोरनाथ अर्याल ओमान, नवराज सुवेदी साउदी अरेबिया, बासुदेव मिश्र श्रीलङ्का, भरतकुमार रेग्मी अस्ट्रिया तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल इजिप्ट र घनश्याम भण्डारी बङ्गलादेशका हुन् । 

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । 

Logo