यस्तो छ नयाँ दिल्ली रहेका दाहालको आज र भोलिको ‘सेड्युल’

यस्तो छ नयाँ दिल्ली रहेका दाहालको आज र भोलिको ‘सेड्युल’

केन्द्रबिन्दु
0
Shares

भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि भेटवार्ता सुरु गर्ने भएका छन् ।

 दाहाल शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन् । दाहालले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट भाजपा मुख्यालयमा हुनेछ । शनिवार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने तय भएको छ।

दाहाल भाजपाले शनिबार गर्ने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुँदैछन् । आइतबार भने भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भेट मोदीकै निवासमा हुनेछ । दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार उनी आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ । 

Logo