भारतीय विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

भारतीय विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रचण्डसँग सनिवार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् । 

Logo