त्रिभुवन विश्वविद्यालय परिसरमा ६ दिनदेखि अनशनरत अनेरास्ववियूका नेताहरुको माग पूरा हुने भएको छ। अनशनरत विद्यार्थी नेताहरू र त्रिविविबीच सोमबार ३ बजे सम्झौता हुन लागेको हो।
अनेरास्ववियूले एमफिल र पीएचडीलाई नियमित कार्यक्रमका रूपमा लागू गर्नुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमेस्टर प्रणाली व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समयअनुकूल परिमार्जन गर्नु पर्नेलगायत माग गरेको छ।
नेकपा एकीकृत समाजवादी का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उनीहरुको माग पूरा भएर अनशन तोड्ने तयारी भइरहेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त अनशनरत थिए। विश्वविद्यालयको विकृति विसंगति अन्त्यको माग राख्दै अनशन सुरु गरिएको अध्यक्ष पराजुलीले बताएका थिए। अनशनरत विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि त्रिवि प्रशासन माग पूरा गर्न तयार भएको हो।
अनशनरत अध्यक्ष पराजुली र उपाध्यक्ष माधव पन्तको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पतालको आइसीयुमा भर्ना गरि उपचार गरिएको थियो।





























प्रतिक्रिया