गत सोमबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विभिन्न निर्णय गर्दै आज सकिएको छ । बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्ने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको हो । पार्टीलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक-सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरुबीच तय गर्दै जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आम निर्वाचनमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष काँग्रेसले निकालेको छ ।
भने , ‘बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको नेपाली काँग्रेसलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गर्दछ । यसरी गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा तय गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रम को खाकासहित आम निर्वाचनमा नेपाली काँग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ । साथै तालमेल गरिरहँदा नेपाली काँग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थता, सांगठानिक बस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।’
यस्ता छन् १२ निर्णयहरू

































प्रतिक्रिया