नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ : मेयर रेनु दाहाल

नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ : मेयर रेनु दाहाल

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब नारायणी नदीले कहिले पनि दुःख नदिने दाबी गरेकी छन् । । उनले नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुने बताइन् ।  

आज मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढंगबाट तटबन्धको काम अगाडि बढेको बताए । 

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नुपर्ने अवस्थाको दीर्घकालीन रूपमा समधान भएको मेयर दाहालले दाबी गरे । ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’, उनले भनिन् , ‘विगतमा वर्षाको समयमा टालटुल पार्ने काम हुन्थ्यो । ५० लाख रुपैयाँभन्दा बढीको काम हुने थिएन । तर अहिले पौने पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजको ठेक्का भइसकेको छ । अब शिवघाटदेखि नारायणगढ बजारसम्मको टेन्डर भइसकेको छ । बाढी रोकिएपछि तीव्र गतिमा काम अगाडि बढ्छ ।’

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्ध निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका बस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गरिन् । 
 

Skip This
Skip This
Logo