विकास निर्माणको कामलाई गुणस्तरीय बनाउने इन्जिनियर नै हुन् : प्रधानमन्त्री देउवा

विकास निर्माणको कामलाई गुणस्तरीय बनाउने इन्जिनियर नै हुन् : प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । 

६० औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरुबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराए । 

उनले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याए । 

 देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरुले आफ्नो पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वास समेत व्यक्त गरे । 

उनले भने, ‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यक्तालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास, निर्माणको लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियरहरु नै हुन । सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुन्छ । सबै सरोकारवालाहरुबीच समन्वय कायम गरी मुलुकमा योजनावद्ध तरिकाले गुणस्तरीय विकास, निर्माणको काम अगाडि बढाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा इइन्जिनियरहरुलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । 

Skip This
Skip This
Logo