गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने एकीकृत समाजवादीको निर्णय

गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने एकीकृत समाजवादीको निर्णय

केन्द्रबिन्दु
0
Shares

गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने एकीकृत समाजवादीले निर्णय गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँगको गठबन्धन जोगाउँदै वाम एकताको पहल गर्ने निर्णय लिएको हो । 

मंगलबार बसेको समाजवादीको ३२ औँ सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन्। 

‘बैठकले विभिन्न चारवटा निर्णय गरेको छ’, उनले भने, ‘आगामी निर्वाचन सन्दर्भमा वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ।’

भुसालका अनुसार निर्वाचन नजिकिएकाले संगठन सुदृढीकरण अभियानलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी समाजवादीले समाजवादसम्बन्धी दस्तावेज पनि तयार गर्ने भएको छ। बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय पनि गरेको भुसालले बताएका छन्। 

भुसालका अनुसार निर्वाचन नजिकिएकाले संगठन सुदृढीकरण अभियानलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

Logo