वाम एकतासँगै सिंगै राष्ट्र एक बनाउने दिशामा छौं : झलनाथ खनाल

वाम एकतासँगै सिंगै राष्ट्र एक बनाउने दिशामा छौं : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा बहुमत सदस्यहरूबीच बसेको बैठकमा राम्रो प्रगति भएको एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।  

नेकपा बहुमत सदस्यहरूबीच सिंहदरबारमा बसेको बैठकको जानकारी गराउँदै समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वाम एकतासँगै सिंगै राष्ट्र एक बनाउने दिशामा रहेको बताए । 

‘प्रगति भइरहेको छ। सिंगै राष्ट्रलई एक हुने दिशामा कुरा भइरहेको छु, उनले भने, एउटै समाजवादी केन्द्र बनाउने भन्ने कुरा भएको छ। अहिले हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य थियौँ।’

नेकपाकालीन पाँच नेताहरु यसअघि गत असारमा पहिलो पटक जुटेका थिए। बैठकपछि नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो बैठक बसेको बताउँदै पार्टी एकताको कुरा अघि बढाए पनि अहिलेको गठबन्धन तत्कालै नतोडिने उल्लेख गरे। 

Logo