फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ : ओली

फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ : ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन ।

बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीबीच समाजवादी केन्द्र निर्माणका विषयमा भइरहेको छलफलप्रति संकेत गर्दै ओलीले फुटका लागि एकता अभियान सुरु भएको बताएका हुन् ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो । मंगलबार नै प्रचण्ड र बाबुराम भट्टराईबीच पनि समाजवादी केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको थियो । पार्टी एकता नभई समाजवादी केन्द्र बनाउन आफूहरू लागिपरेको उनीहरूको भनाइ थियो ।

ओलीले कसैको नाम नलिई सैद्धान्तिक पूर्वाग्रह राख्ने मानिस के बोल्छन्, के गर्छन् भन्ने ठूलो विषय नभएको बताए । उनले आमाबाबु, छोराछोरी, श्रीमान् श्रीमती मार्नेहरु पनि देखिएका छन् भन्दै यस्तो राजनीतिले कतै नपुग्ने बताए । 

Logo